Passport

नेपाल सरकारले मिति २६ डिसेम्बर २०१० देखि हस्तलिखित राहदानी जारी गर्न बन्द गरी मेशिन रिडेबल राहदानी (एमआरपी) जारी गर्न शुरु गरेको छ । नेपालले अन्तराष्ट्रिय उडडयन प्राधिकरण सँग गरेको प्रतिबद्धता अनुरुप  मिति २४ नोभेम्बर २०१५ पश्चात हस्तलिखित राहदानी लिएर यात्रा गर्न नपाइने हुनाले नेपाली राहदानी वाहकहरुले अनिवार्य रुपमा मेशिन रिडेबल राहदानी (एमआरपी) लिनुपर्नेछ ।

हालको हस्तलिखित राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरुः
  1. राहदानीको लागि निवेदन ।
  2. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  3. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
  4. हालको राहदानी सक्कल र त्यसको प्रतिलिपी ।
  5. पासपोर्ट साइजको चार प्रति फोटो ।

राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा ५० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा  ८० अमेरिकी डलर ।

हराएको राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  1. राहदानीको लागि निवेदन ।
  2. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  3. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
  4. हराएको राहदानीको प्रतिलिपी ।
  5. पासपोर्ट साइजको चार प्रति फोटो ।
  6. राहदानी हराएको उल्लेख भएको प्रहरी प्रतिवेदन

राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा १०० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा लागि १६० अमेरिकी डलर ।

बिग्रिएको वा च्यातिएको तथा हराएको राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  1. राहदानीको लागि निवेदन ।
  2. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  3. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
  4. बिग्रेको राहदानी सक्कल र त्यसको प्रतिलिपी ।
  5. पासपोर्ट साइजको चार प्रति फोटो ।

राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा १०० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा  १६० अमेरिकी डलर ।

दश वर्षमुनिका नाबालकको लागि एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  1. राहदानीको लागि निवेदन ।
  2. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  3. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
  4. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
  5. बाबु र आमाको विवाहदर्ता ।
  6. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
  7. बच्चाको हालको राहदानी (नवीकरण भएमा मात्र) ।
  8. पासपोर्ट साइजको चार प्रति फोटो ।

राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा २५ अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा ४० अमेरिकी डलर ।
नोटः दश वर्षभन्दा मुनिका नाबालकको राहदानी जारी भएको मितिबाट पाँच वर्ष (५) सम्म बहाल रहनेछ ।

दश वर्षभन्दा माथि र सोह्र वर्षभन्दा मुनिका नाबालकको एमआरपी लिनको लागि आवश्यक कागजातहरु
  1. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
  2. बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
  3. बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
  4. बाबु र आमाको विवाहदर्ता ।
  5. जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
  6. बच्चाको हालको राहदानी (नवीकरण भएमा मात्र) ।
  7. पासपोर्ट साइजको चार प्रति फोटो ।

राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा ५० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा सन्ततिका लागि ८० अमेरिकी डलर ।

अस्थायी राहदानीको लागि आवश्यक कागजातहरुः
  1. MRP राहदानीको लागि आवेदन गरेको नगदी रसिदको सक्कल
  2. रीतपूर्वक भरिएको राहदानीको फाराम एक प्रति
  3. नागरिकताको प्रमाणपत्रको फोटोकपि एक प्रति
  4. पुरानो राहदानीको फोटोकपि एक प्रति

 

एकतर्फी यात्रा अनुमति पत्रको लागि आवश्यक कागजातहरु
  1. रीतपूर्वक भरिएको यात्रा अनुमतिपत्र माग फाराम एक प्रति (कुनै पनि कारणले जेलमा परि थुनामुक्त भई नेपाल फर्कन वा संबन्धित बिदेशी सरकारले डिपोर्ट गरी पठाउदाको अवस्थामा)
  2. पुरानो राहदानीको फोटोकपि एक प्रति
  3. नेपाल फर्कने सक्कल हवाई टिकट र थुनामुक्त भएको वा डिपोर्ट भएको लिखत

राजस्व दस्तुर: निशुल्क

नयाँ राहदानी प्राप्त गर्ने विधिः

राहदानीको लागि दूतावासमा विधिपूर्वक राहदानीको निवेदन तथा फाराम दर्ता गरेको करिव दुइ महिनामा एम आर पी राहदानी तयार हुन्छ । तसर्थ, आफ्नो राहदानीको समयावधि समाप्त हुनुभन्दा कम्तिामा छ महिना अघि नै नयाँ राहदानीको लागि निवेदन दिनुपर्नेछ । राहदानी तयार भई दूतावासमा प्राप्त भएपछि इमेलमार्फत निवेदकलाई जानकारी गराइन्छ । तयार भएकाे राहदानी लिन आउँदा अनिवार्य रुपमा हाल आफूसँग भएको राहदानी तथा नगद रसिद लिएर आउनुपर्ने छ । इजिप्ट बाहिरका मुलुकहरुबाट तयार भएको राहदानी प्राप्त गर्न आफुले चाहेको कुरिएर सेवालाई तोकेर पठाउनु  पर्ने छ।

Download Passport Application Form