नेपाल सरकारले मिति २६ डिसेम्बर २०१० देखि हस्तलिखित राहदानी जारी गर्न बन्द गरी मेशिन रिडेबल राहदानी (एमआरपी) जारी गर्न शुरु गरेको छ । नेपालले अन्तराष्ट्रिय उडडयन प्राधिकरण सँग गरेको प्रतिबद्धता अनुरुप मिति २४ नोभेम्बर २०१५ पश्चात हस्तलिखित राहदानी लिएर यात्रा गर्न नपाइने हुनाले नेपाली राहदानी वाहकहरुले अनिवार्य रुपमा मेशिन रिडेबल राहदानी (एमआरपी) लिनुपर्नेछ ।
हालको हस्तलिखित राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरुः
- राहदानीको लागि निवेदन ।
- उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
- सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
- हालको राहदानी सक्कल र त्यसको प्रतिलिपी ।
- पासपोर्ट साइजको चार प्रति फोटो ।
राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा ५० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा ८० अमेरिकी डलर ।
हराएको राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरु
- राहदानीको लागि निवेदन ।
- उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
- सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
- हराएको राहदानीको प्रतिलिपी ।
- पासपोर्ट साइजको चार प्रति फोटो ।
- राहदानी हराएको उल्लेख भएको प्रहरी प्रतिवेदन
राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा १०० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा लागि १६० अमेरिकी डलर ।
बिग्रिएको वा च्यातिएको तथा हराएको राहदानीको सट्टामा एमआरपी लिनको लागि आवश्यक कागजातहरु
- राहदानीको लागि निवेदन ।
- उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
- सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।
- बिग्रेको राहदानी सक्कल र त्यसको प्रतिलिपी ।
- पासपोर्ट साइजको चार प्रति फोटो ।
राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा १०० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा १६० अमेरिकी डलर ।
दश वर्षमुनिका नाबालकको लागि एमआरपी लिनको लागि आवश्यक कागजातहरु
- राहदानीको लागि निवेदन ।
- उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
- बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
- बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
- बाबु र आमाको विवाहदर्ता ।
- जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
- बच्चाको हालको राहदानी (नवीकरण भएमा मात्र) ।
- पासपोर्ट साइजको चार प्रति फोटो ।
राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा २५ अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा ४० अमेरिकी डलर ।
नोटः दश वर्षभन्दा मुनिका नाबालकको राहदानी जारी भएको मितिबाट पाँच वर्ष (५) सम्म बहाल रहनेछ ।
दश वर्षभन्दा माथि र सोह्र वर्षभन्दा मुनिका नाबालकको एमआरपी लिनको लागि आवश्यक कागजातहरु
- उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
- बाबु र आमाको सक्कल नेपाली नागरिकता प्रमाणपत्रहरु र तिनका प्रतिलिपीहरु ।
- बाबु र आमाको राहदानीहरु सक्कल र तिनका प्रतिलिपीहरु ।
- बाबु र आमाको विवाहदर्ता ।
- जिल्ला प्रशासन कार्यालयबाट जारी बच्चाको नाबालक परिचय पत्र अथवा विदेशमा जन्मेको हकमा बाबुआमा सँगको नाता खुल्ने गरी स्थानीय निकायबाट जारी भएको जन्मदर्ताको सक्कल र त्यसको प्रतिलिपि ।
- बच्चाको हालको राहदानी (नवीकरण भएमा मात्र) ।
- पासपोर्ट साइजको चार प्रति फोटो ।
राजस्व शुल्क लेवनान,सिरिया तथा जोर्डनबाट आवेदन पेश गर्दा ५० अमेरिकी डलर र अफ्रिकी मु्लुकहरुबाट आवेदन पेश गर्दा सन्ततिका लागि ८० अमेरिकी डलर ।
अस्थायी राहदानीको लागि आवश्यक कागजातहरुः
- MRP राहदानीको लागि आवेदन गरेको नगदी रसिदको सक्कल
- रीतपूर्वक भरिएको राहदानीको फाराम एक प्रति
- नागरिकताको प्रमाणपत्रको फोटोकपि एक प्रति
- पुरानो राहदानीको फोटोकपि एक प्रति
एकतर्फी यात्रा अनुमति पत्रको लागि आवश्यक कागजातहरु
- रीतपूर्वक भरिएको यात्रा अनुमतिपत्र माग फाराम एक प्रति (कुनै पनि कारणले जेलमा परि थुनामुक्त भई नेपाल फर्कन वा संबन्धित बिदेशी सरकारले डिपोर्ट गरी पठाउदाको अवस्थामा)
- पुरानो राहदानीको फोटोकपि एक प्रति
- नेपाल फर्कने सक्कल हवाई टिकट र थुनामुक्त भएको वा डिपोर्ट भएको लिखत
राजस्व दस्तुर: निशुल्क
नयाँ राहदानी प्राप्त गर्ने विधिः
राहदानीको लागि दूतावासमा विधिपूर्वक राहदानीको निवेदन तथा फाराम दर्ता गरेको करिव दुइ महिनामा एम आर पी राहदानी तयार हुन्छ । तसर्थ, आफ्नो राहदानीको समयावधि समाप्त हुनुभन्दा कम्तिामा छ महिना अघि नै नयाँ राहदानीको लागि निवेदन दिनुपर्नेछ । राहदानी तयार भई दूतावासमा प्राप्त भएपछि इमेलमार्फत निवेदकलाई जानकारी गराइन्छ । तयार भएकाे राहदानी लिन आउँदा अनिवार्य रुपमा हाल आफूसँग भएको राहदानी तथा नगद रसिद लिएर आउनुपर्ने छ । इजिप्ट बाहिरका मुलुकहरुबाट तयार भएको राहदानी प्राप्त गर्न आफुले चाहेको कुरिएर सेवालाई तोकेर पठाउनु पर्ने छ।