अधिकृत वारेसनामा प्रमाणीकरण सम्बन्धी
- नेपाल सरकारका कुनै पनि कार्यालय, अड्डा, अदालत वा निकायमा पेश गरिने अधिकृत वारेसनामाको कागजात प्रमाणीकरणका लागि आवेदक स्वयं नै अनिवार्य रूपमा आवश्यक कागजातहरू सहित उपस्थित हुनुपर्नेछ।
- अधिकृत वारेसनामा महामहिम राजदूतज्यूबाट मात्र प्रमाणीकरण हुने भएकोले अधिकृत वारेसनामाको कागजात प्रमाणीकरणका लागि राजदूतावासमा आउनु पूर्व अधिकृत वारेसनामाका सम्पूर्ण कागजातहरू eoncairo@mofa.gov.np मा मेल गरी अग्रिम समय (Appointment) लिनु पर्नेछ।
अधिकृत वारेसनामा प्रमाणीकरणका लागि आवश्यक कागजातहरू:
- अधिकृत वारेसनामा प्रमाणीकरणका लागि महामहिम राजदूतज्यूलाई सम्बोधन गरी लेखिएको निवेदन,
- नेपालको प्रचलित कानून अनुसार दर्ता भएको कानून व्यवसायीद्वारा निजको प्रमाणपत्र नम्बर समेत उल्लेख गरी, दुई जना साक्षीको नाम, ठेगाना र सहिछाप सहित नेपाली कागजमा रीतपूर्वक तयार गरिएको सक्कल अधिकृत वारेसनामाको कागजात - दुई प्रति,
- घर जग्गा वा अन्य सम्पत्तिसँग सम्बन्धित अधिकृत वारेसनामा भए सो को सक्कल कागजात र उक्त सम्पत्तिको कर तिरेको प्रमाण/निस्सा र उक्त कागजातहरूको फोटोकपी,
- अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा सो को फोटोकपी,
- अधिकृत वारेसनामा लिने र साक्षीमा सहिछाप गरिएका व्यक्तिहरूको नागरिकताको फोटोकपी,
- अधिकृत वारेसनामा दिने र लिने दुवै जनाको हालसालै खिचिएको दुई-दुई प्रति पासपोर्ट साइजको रङ्गिन फोटो,
- आवश्यकता अनुसार नाता प्रमाणित, जन्म/मत्यु/विवाह दर्ता तथा अन्य कागजातहरू।
अधिकृत वारेसनामा प्रमाणीकरणका लागि लाग्ने राजस्व: ५५०० इ.पा. लाग्नेछ।