NepalFlag

A.D.:

Nepal Samvat: 1146 THIMLATHWA DWITIYA - 2

Attestation of Documents

कागजात प्रमाणीकरण

यस राजदूतावासमा कागजात प्रमाणीकरणका लागि आउनु पूर्व ख्याल राख्नु पर्ने कुराहरूः

  1. यस राजदूतावासमा प्रमाणीकरण गर्नु पर्ने कागजात पहिले देहायबमोजिमको निकायबाट प्रमाणीकरण गरेको हुनुपर्नेछः

क्र.सं.

कागजात उत्पत्तिको देश

यस दूतावासमा ल्याउनु पूर्व प्रमाणीकरण गर्नुपर्ने निकाय

1.

नेपालमा बनेका कागजात भएमा

कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौं

2.

उत्तर अफ्रिकी देशमा बनेका कागजात भएमा(Algeria, Jordan, Lebanon, and others.)

सो देशको परराष्ट्र मन्त्रालय

  1. प्रमाणीकरणका लागि क्कलै कागजात ल्याउनु पर्नेछ, फोटोकपीमा प्रमाणीकरण गरिदैँन।

आवश्यक कागजातहरूः

  1. कागजातको विवरण/नाम तथा निवेदकको विवरण खुलाई प्रमाणीकरणका लागि लेखिएको निवेदन (नमूना),
  2. प्रमाणीकरण गर्नुपर्ने कागजात सक्कल र सो को प्रतिलिपी,
  3. निवेदकको सक्कल राहदानी र सो को प्रतिलिपी,
  4. आवश्यकता अनुसार अन्य कागजातहरू।

लाग्ने राजस्वः शैक्षिक प्रमाणपत्र कागजात प्रमाणिकरणको राजस्व सामान्यतया प्रति कागजात २७५ इ.पा. लाग्नेछ। विवाहदर्ता र सवारीचालक अनुमतिपत्र कागजात प्रमाणिकरणको राजस्व सामान्यतया प्रति कागजात २२०० इ.पा. लाग्नेछ।

लाग्ने समयः रित पुगेको कागजात भएमा सोही दिन तर थप बुझ्नु पर्ने खण्डमा सोही बमोजिम खुलेर आए पश्चात।