प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

अत्यन्त जरुरी सूचना (ईजिप्ट, सिरिया, जोर्डन र लेबनानमा रहेका नेपाली नागरिकहरुका लागि)

मध्यपूर्व क्षेत्रमा हाल विकसित परिस्थितिका सिलसिलामा यस क्षेत्रका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरुको अवस्थाबारे सूचना संकलनका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा तयार गरिएको पोर्टलको निम्नलिखित लिंकमा गई आ-आफ्नो विवरण दर्ता गराउनुहुन ईजिप्ट, जोर्डन, लेबनान र सिरियामा रहेका नेपाली नागरिकहरुमा हार्दिक अनुरोध छ । 

लिंकः https://legal.nepalconsular.gov.np/urgent-rescue

 

नेपाली राजदूतावास

कायरो