A.D.:
Nepal Samvat: 1146 CHILLATHWA CHATURDASHI - 14
हालै मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका घटनाक्रमलाई ध्यानमा राख्दै लेबनान र जोर्डनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निम्नबमोजिमको सतर्कता अपनाउन कायरोस्थित नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछः
१. सम्बन्धित सरकारद्वारा जारी गरिएका सुरक्षा तथा सतर्कता सम्बन्धी निर्देशन, परामर्श तथा आपतकालीन सूचनाहरू र अलर्ट प्रणालीको जानकारी राख्न तथा पालना गर्न। साथै, आफू कार्यरत कम्पनीले सुरक्षा सरोकारको बिषयमा निर्देशन दिएमा सोको जानकारी राख्न र पालना गर्न।
२. अनावश्यक रूपमा घर बाहिर ननिस्कन र संवेदनशील तथा सीमावर्ती क्षेत्रहरूबाट टाढा रहन।
३. परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहन।
४. लेबनानमा रहेका नेपाली नागरिकहरूले अवैतनिक नेपाली वाणिज्य दूतावास, बेरुतमा सम्पर्क गर्नुपरेमा
Phone: +961 1 875 591/592, WhatsApp: +961 3301 181, Email: consul@consulateofnepal.com मा र
४. लेबनान र जोर्डनमा रहनुभएका नेपालीहरूले इजिप्टस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्नुपरेमा
Phone: +20 103 1919965, WhatsApp: +977 9849637773, Email: eoncairo@mofa.gov.np मा सम्पर्क गर्नुहुन।
घटनाक्रमलाई मध्यनजर गर्दै आवश्यकता अनुसार थप सूचना जारी गरिने व्यहोरा अनुरोध गरिन्छ।
नेपाली राजदूतावास, कायरो
२०८२ फागुन १६
(२८ फेब्रुअरी २०२६)