A.D.:
Nepal Samvat: 1146 CHAULATHWA EKADASHI - 11
सूचना
नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विद्यमान कानुनी व्यवस्था बमोजिम विदेशमा रहेर अनौपचारिक रूपमा रकम स्थानान्तरण (हुन्डी) गर्ने, गराउने वा त्यस्तो कार्यमा संलग्न हुने कार्य गैरकानुनी रहेको सर्वसाधारण सबैमा जानकारी गराइन्छ।
नेपाल सरकारद्वारा जारी निर्देशनअनुसार विदेशमा रहँदा प्राप्त आम्दानी नेपाल पठाउँदा अनिवार्य रूपमा सम्बन्धित देशका औपचारिक बैंकिङ प्रणाली तथा स्वीकृत वित्तीय संस्थामार्फत मात्र रकम पठाउनुपर्ने व्यवस्था रहेको छ।
अतः इजिप्ट वा यस राजदूतावासको कार्यक्षेत्र भित्र रहेका मुलुकहरू मा बसोबास वा कार्यरत कुनै पनि नेपाली नागरिक, व्यक्ति वा संस्थाले अनौपचारिक रूपमा रकम स्थानान्तरण (हुन्डी) सम्बन्धी कुनै पनि किसिमको कारोबार नगर्न/नगराउन हार्दिक अनुरोध गरिन्छ। साथै, कसैले यस्तो गैरकानुनी कारोबार गरेको वा गराइरहेको जानकारी भएमा त्यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थाको विवरण तथा प्रमाणसहित यस राजदूतावासको इमेल ठेगाना eoncairo@mofa.gov.np मा जानकारी गराई गैरकानुनी वित्तीय कारोबार नियन्त्रण गर्न सहयोग गरिदिनुहुन सम्पूर्ण नेपाली समुदायमा अनुरोध गरिन्छ।
नेपाली राजदूतावास, कायरो, इजिप्ट
मिति 2082/09/09