नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना

कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा पैmलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् ।
१.नेपाल सरकारको 6 May 2020 को निर्णयअनुसार लकडाउन अवधि 18 May 2020 सम्म थप गरिएको र सवै अन्तराष्ट्रिय उडानहरु तथा अन्तराष्ट्रिय सिमाहरुबाट 31 May 2020 सम्म आगमनमा प्रतिबन्ध लगाएको हुँदा उक्त अवधिमा नेपालको भ्रमण नगर्नु हुन अनुरोध गरिन्छ ।
२. यस नियोग रहेको मुलुक इजिप्ट र यसबाट सहप्रमाणीत अन्य मुलुकहरु लेवनान, जोर्डन, इथियोपीया, युगान्डा, मोरक्को, अल्जेरिया, ट्युनीसिया, सिरिया, सुडान, माली, इरिट्रिया, जिवुटी, नाइजेरिया, लिविया, मौरिटानीया, गायना (गणतन्त्र) र नाइजरमा रहेका सम्पूर्ण नेपालीहरुलाई आधारभूत पूर्वसर्तकता अपनाउन अनुरोध गरिन्छ । कोरोना भाइरस संक्रमण र रोकथामको लागि स्थानीय सरकारबाट जारी सूचनाहरुप्रति संवेदनशिल हुँदै नेपालको स्वास्थ्य मन्त्रालयको वेवसाइट www.mohp.gov.np/en मा उपलब्ध हुने सामाग्री नियमित हेर्न पनि अनुरोध छ ।
३. बजारमा आपूर्ति र आवागमनमा पर्नसक्ने असरको सम्भावनालाई ध्यानमा राखी स्थानीय परिस्थितिको आँकलन र नियमहरु अनुकूल आवश्यक पूर्व तयारी गर्ने ।
४. अत्यावश्यक वाहेक भीडभाड हुने स्थलहरुमा नजाने, भ्रमणका लागी नजाने । धेरै मानिसहरु एउटै कोठमा वसेर कामकाज गर्न वा एकै ठाउँमा वसोवास गर्नु वढि खतरापूर्ण हुँदा त्यसतर्फ सचेत वनौ ।
५. अल्कोहलयूक्त स्यानिटाइजरको प्रयोग तथा सावुन वा Hand wash को प्रयोगमा अभ्यस्त वनौँ ।
६. राजदूतावासको सेवा एवं अन्य कुनै जरुरी जानकारी लिनुपरेमा यस राजदूतावासका देहायका फोन र इमेलमा सम्पर्क गर्नु हुन अनुरोध छ ः
राजदूतावासको वेबसाइट: eg.nepalembassy.gov.np
राजदूतावासको फोन: 0020 2 27369482 , 02 27369483
राजदूतावासको इमेल: eoncairo@mofa.gov.np
राजदूतावासमा सम्पर्क व्यक्तिको नाम र मोवाइल नम्बर ः सुजन विडारी, द्वितिय सचिव
००२० १०२६४४४९९८

श्री नेपाली राजदूतावास
कायरो, इजिप्ट
१७ मे २०२०