अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना

कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा फैलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् ।

१. नेपाल सरकारले समय समयमा गर्ने बन्दावन्दी, उडान प्रतिवन्ध तथा उद्दार सेवाका लागी सञ्चालन गर्ने चार्टर सेवा, हवाई टिकट, क्वारेन्टिन व्यवस्था समेतलाई ध्यानमा राखी नेपालको भ्रमण गर्नु हुन राजदूतावास अनुरोध गर्दछ । साथै, नेपाल फर्कनै पर्ने नेपालीहरुको आप्mनो राहदानी अनुसारको नाम, राहदानी नम्बर, नेपालको ठेगाना र संपर्क नम्बर, आप्mनो इमेल र नेपाल फर्कनुपर्ने कारण खुलाई यस नियोगमा निवेदन गर्न सक्नु हुनेछ । सवै यात्रुहरुले जततउस्ररअअmअ।नयख।लउ मा राखिएको स्वास्थ्य घोषण फर्म भर्नुपर्नेछ ।

२. यस नियोग रहेको मुलुक इजिप्ट र लेवनान, जोर्डन, इथियोपीया, युगान्डा, मोरक्को, अल्जेरिया लगायत यसबाट सहप्रमाणीत अन्य मुलुकहरुमा रहेका सम्पुर्ण नेपालीहरुलाई आधारभुत पूर्वसर्तकता अपनाउन अनुरोध गरिन्छ । कोरोना भाइरस संक्रमण र रोकथामको लागि स्थानीय सरकारबाट जारी सूचनाहरुप्रति संवेदनशिल हुँदै नेपालको स्वास्थ्य मन्त्रालयबाट धधध।mयजउ।नयख।लउरभल मा उपलब्ध हुने सामाग्री नियमित हेर्ने ।

३. बजारमा आपुर्ति र आवागमनमा पर्नसक्ने असरको सम्भावनालाई ध्यानमा राखी स्थानीय परिस्थितिको आँकलन र नियमहरु अनुकूल आवश्यक पूर्व तयारी गर्ने ।

४. अत्यावश्यक वाहेक भीडभाड हुने स्थलहरुमा नजाने, भ्रमणका लागी नजाने । धेरै मानिसहरु एउटै कोठमा वसेर कामकाज गर्न वा एकै ठाउँमा वसोवास गर्नु वढि खतरापूर्ण हुँदा त्यसतर्फ सचेत वनौ ।

५. अल्कोहलयूक्त स्यानिटाइजरको प्रयोग तथा सावुन वा ज्बलम धबकज को प्रयोगमा अभ्यस्त वनौ ।

६. राजदूतावासको सेवा एवं अन्य कुनै जानकारी लिनुपरेमा यस राजदूतावासका देहायका फोन र इमेलमा सम्पर्क गर्नु हुन अनुरोध छ :
राजदूतावासको फोन : 0020 2 27369482 , 02 27369483
राजदूतावासको इमेल : eoncairo@mofa.gov.np
राजदूतावासको वेबसाइट : eg.nepalembassy.gov.np
राजदूतावासमा सम्पर्क व्यक्तिको नाम र मोवाइल नम्बर : सुजन विडारी, द्वितिय सचिव
००२० १०२६४४४९९८

 

श्री नेपाली राजदूतावास, कायरो
२४ अगस्ट, २०२०