नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना
कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा पैmलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् । १.नेपाल सरकारको 6 May 2020 को निर्णयअनुसार लकडाउन अवधि 18 May 2020 सम्म थप गरिएको र सवै अन्तराष्ट्रिय उडानहरु तथा अन्तराष्ट्रिय सिमाहरुबाट 31 May 2020 सम्म आगमनमा प्रतिबन्ध लगाएको हुँदा उक्त अवधिमा नेपालको भ्रमण नगर्नु हुन अनुरोध गरिन्छ